+
+
Shares

कांग्रेसले बोलायो पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १०:५३

२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो’, सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

पदाधिकारी बैठकमा १४औं महाधिवेशनको तयारीबारे पनि छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?