+
+

जनगणना सम्बन्धी तालिम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते ११:४८

२० वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ ।

कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए ।

जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।

सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ । जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक परिचालन गर्ने योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?