
फाइल तस्वीर
२० वैशाख, काठमाडौं । भारतको कर्नाटकको चामाराजानगरस्थित एक अस्पतालमा अक्सिजनको अभावको कारण कम्तीमा १२ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले ठूलो प्रयासका बाबजुद बिरामीको अक्सिजन लेभल सामान्य राख्न नसकिएको बताएका छन् ।
मेडिकल कलेजका डीन डाक्टर जीएम सञ्जीवका अनुसार राति १२ देखि २ बजेसम्म अस्पतालमा अक्सिजनको प्रेसर कम भएको थियो । अस्पताल प्रशासनका अनुसार अक्सिजन अभावका कारण मृत्यु हुने सबैलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । पछिल्लो समय ठूलो संख्यामा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतका केही राज्यमा अक्सिजन तथा बेडको अभाव देखिएको छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4