+
+
Shares

जिल्ला प्रशासन कार्यालय सिरहामा अत्यावश्यकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १७:२८

२० वैशाख, जनकपुरधाम । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ ।

कार्यालयको राजस्व संकलन काउण्टरको कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

ती कर्मचारीमा संक्रमण भएपछि अन्य कर्मचारीको पीसीआर परीक्षण गराइएको र उनीहरुको रिपोर्ट नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा हाललाई स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?