
२१ वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् ।
माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै बाराको जीतपुर सिमरा उप-महानगरपालिका-१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६:४५ बजे मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4