Comments Add Comment

चार कारण, बच्चालाई खोप लगाउन किन आवश्यक छ ?

अहिलेको महामारीमा धेरैले सुनेको नाम हो, खोप । खोपले प्रतिरक्षा प्रणाली बलियो हुन्छ र हामीलाई संभावित कतिपय रोगबाट बचाउँछ । खासगरी नवजात शिशुको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । त्यसैले उनीहरुलाई सानोतिनो रोगले पनि निकै सताउन सक्छ । उनीहरुलाई हुने कतिपय रोग विरुद्ध खोप दिने गरिन्छ । यसरी समयमै खोप दिएपछि उनीहरु संभावित रोगको जोखिमबाट बच्छन् ।

यदि समयमै उनीहरुलाई खोप दिइएन भने गंभिर रोग लाग्ने भय रहन्छ ।

दुःखलाग्दो कुरा, विश्वका आधा भन्दा बढी बच्चाले अहिलेपनि खतरनाक रोगबाट सुरक्षा गर्ने खोप लगाउन पाएका छैनन् । यदि समयमै खोप लगाउन सकिएमा वर्षेनी पन्ध्र लाख भनदा बढी नवजात शिशुलाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।

किन बच्चालाई खोप लगाउने त ? यसका मूख्य चार कारण छन् ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

हाम्रो प्रतिरक्षा प्रणालीले हामीलाई प्राकृतिक रुपले रोगव्याधिबाट बचाउँछ । यद्यपि बालबच्चाको प्रतिरक्षा प्रणाली त्यती धेरै विकसित भइसकेको हुँदैन । त्यसैले कतिपय रोगहरुले उनीहरुलाई सजिलै र चाडै ग्रसित बनाउँछ । खोपले उनीहरुमा यस्तो जोखिम कम गरिदिन्छ । कतिपय संभावित रोगबाट सुरक्षित गर्छ ।

प्राणघातक रोगबाट सुरक्षा

जुन बच्चालाई खोप लगाइएको हुँदैन उनीहरुलाई चाडै संक्रमण हुने जोखिम हुन्छ । यसैले बच्चाका लागि खोप जरुरी छ । डिप्थेरिया, टिटनास आदि रोगबाट बचाउनका लागि उनीहरुलाई समयमै खोप दिनुपर्छ ।

सही समयमा रोग प्रतिरोधी क्षमता बढ्छ

खोप लगाइसकेपछि शरीरमा एन्टीबडी विकास हुन समय लाग्छ । त्यसैले त खोप लगाएको केही समपिछि मात्र त्यसको प्रभाव देखिन्छ । यसैले नवजात शिशुलाई सही समयमै खोप लगाइदिनुपर्छ, जसले गर्दा रोग लाग्नुअघि नै उनीहरुको शरीरमा प्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ ।

यो हाम्रो सामाजिक जिम्मेवारी

कुनैपनि शिशुलाई सही समयमै खोप लगाइसकेपछि उनीहरुलाई भविष्यमा गंभिर रोग लाग्ने खतरा कम हुन्छ । ठूलो उमेरमा पनि उनीहरु स्वस्थ एवं निरोगी होस् भन्ने उदेश्यले उनीहरुलाई सानो उमेरमा खोप लगाउनुपर्छ । यो हाम्रो सामाजिक जिम्मेवारी पनि हो । यसले भोलिका दिनमा हुने रोगको जटिलता, उपचार खर्च, समय, श्रमलाई पनि बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment