+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुदूरपश्चिममा थप दुईजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १२:२९

२१ वैशाख, धनगढी । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुईजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमर्जेन्सी वार्डमा मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ती पुरुषको सोमबार साँझ मृत्यु भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?