Comments Add Comment

भारतको पश्चिम बंगालमा बनर्जीले लिइन् तेस्रोपटक मुख्यमन्त्रीको शपथ

Photo Credit : ANI

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा ममता बनर्जी लगातार तेस्रोपटक मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले उनलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् ।

बनर्जी भारतकी एक्ली महिला मुख्यमन्त्री हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राख्दै यसपटक बनर्जीको शपथ ग्रहणमा निकै कम मानिसलाई पनि जाने अनुमति दिइएको थियो । यसैबीच विपक्षी पार्टी बनेर उदाएको भारतीय जनता पार्टी (भाजपा)ले पश्चिम बंगालमा आफ्ना कार्यकर्तामाथि हिंसा भएको भन्दै धर्ना सुरु गरेका छन् ।

विभिन्न आठ चरणमा सम्पन्न भएको पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले २१३ सिटमा जित हात पारेको थियो । भाजपाले पनि ७७ स्थानमा जित हात पारेको थियो । पश्चिम बंगालमा तृणमूल कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा तीन सिट सुधार गर्दा भाजपा भने ४५ सिट बढाएको छ । यद्यपि तृणमूल कांग्रेस पश्चिम बंगालमा सुविधाजनक बहुमतमा छ ।

बनर्जीको मन्त्रिपरिषद्का अन्य सदस्यले भने मे ९ मा शपथग्रहण गर्नेछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment