+
+
Shares

माधव नेपाल र उपेन्द्र यादवसँग प्रचण्डको भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १२:५८

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको एक नेताले बताए ।

जसपाका एक नेताका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी असफल बनाउने, अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने र राष्ट्रियसभाको उप निर्वाचनमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी छलफल भएको थियो ।

प्रचण्ड र माधवकुमार नेपालबीच भएको भेटबारे भने दुबै पक्षले केही खुलाउन चाहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?