+
+
Shares

बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित निको भए

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १४:३२

२२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये बुधबार एकैदिन २९३ जना संक्रमित निको भएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १२३ जना महिला र १७० जना पुरुष गरी कुल २९३ जना संक्रमित निको भएका हुन् । निको हुनेमा ७६ वर्षीय वृद्ध समेत रहेको उनले बताए ।

ओलीले भने, ‘संक्रमण पुष्टि भएको १० दिन पुगेपछि संक्रमितलाई पीसीआर परीक्षण नगरी डिस्चार्ज गर्ने गरेका छौं । डिस्चार्ज हुनेमा होमआइसोलेसनमा बसेका र अस्पतालमा उपचाररत दुवै छन् ।’

यसअघि मंगलबार मात्रै बाँकेमा ३४२ जना संक्रमित निको भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?