Comments Add Comment

बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित निको भए

२२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये बुधबार एकैदिन २९३ जना संक्रमित निको भएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १२३ जना महिला र १७० जना पुरुष गरी कुल २९३ जना संक्रमित निको भएका हुन् । निको हुनेमा ७६ वर्षीय वृद्ध समेत रहेको उनले बताए ।

ओलीले भने, ‘संक्रमण पुष्टि भएको १० दिन पुगेपछि संक्रमितलाई पीसीआर परीक्षण नगरी डिस्चार्ज गर्ने गरेका छौं । डिस्चार्ज हुनेमा होमआइसोलेसनमा बसेका र अस्पतालमा उपचाररत दुवै छन् ।’

यसअघि मंगलबार मात्रै बाँकेमा ३४२ जना संक्रमित निको भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment