Comments Add Comment

संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण हुने मृत्यु संख्या बढ्दै गएपछि पशुपति क्षेत्रमा अस्थायी शवदाह स्थल निर्माण थालिएको छ ।

वाग्मती किनारमा व्यवस्थित चिता नहुँदा शव व्यवस्थापनमा कठिनाइ भएपछि १० वटा चिता बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको शव विगतमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गरिन्थ्यो । तर पछिल्ला दिनमा कोरोनाबाट हुने मृत्यु संख्या बढेपछि वाग्मती किनारमा जलाउन पनि थालिएको छ । तर सो क्षेत्रमा व्यवस्थित चिता नहुँदा शव व्यवस्थापनमा समस्या हुँदै थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोरोना संक्रमित मृतकको शव व्यवस्थापनका लागि आवश्यकता अनुसार चिता बनाउन थालिएको बताए ।

पशुपतिको विद्युतीय शवदाह गृहका तीनवटा मेसिनमध्ये एउटा बिग्रिएको छ । तीनवटै मेसिन चालु रहेको अवस्थामा शवदाह गृहमा दिनमा ४५ वटा शव व्यवस्थापन गर्न सकिन्छ, तर मेसिन बिग्रिएको र व्यवस्थापन गर्नुपर्ने शव बढेपछि चिता बनाउन थालिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए ।

१० वटा चिता बनाएपछि विद्युतीय शवदाह गृहमासमेत गरी दिनमा ९० वटासम्म शव व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment