Comments Add Comment

एनएसएलमा ललितपुरको पहिलो जित

२३ वैशाख काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ ।

अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको हो । यो जितपछि ललितपुर तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यसअघि पहिलो खेलमै पराजित भएको ललितपुरले लगातार तीन खेलमा बराबरी गरेको थियो । चार खेलमा अपराजित रहेपछि ललितपुरले प्रशिक्षक परिवर्तन गरेको थियो । त्यसको मैदानमा प्रभाव देखियो । चार खेलमा प्रशिक्षक रहेका प्रदीप हुमागाईंको स्थानमा सहायक प्रशिक्षक रहेका राजु तामाङले ललितपुरको प्रशिक्षण सम्हालेका थिए ।

त्रिपुरेश्वरजित दशरथ रंगशालमा भएको खेलको पाँचौ मिनेटमै नुर्लानले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

कमल श्रेष्ठले प्रहार गरेको कर्नरमा निरज बस्नेतले बाईसाइकल किक प्रहार गरेका थिए । त्यसपछि बलमा मैदानमा बाउन्स भयो र कप्तान अन्जन विष्टले गरेको हेडिङमा नुर्लानले डाइभिङ हेडरमार्फत गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोलका लागि केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । अन्ततः त्यही गोल नै ललितपुरलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि ५ खेलबाट ललितपुरले ५ अंक जोड्दै चौथो स्थानमा रहेको छ । शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने ललितपुरको सम्भावना कायमै रहेको छ । समान खेलबाट ५ अंक नै भएपनि बुटवल भने पाँचौ स्थानमा झरेको छ । लिगमा बुटवलको यो लगातार दोस्रो हार हो । तीन खेलसम्म अपराजित रहेको बुटवल यसअघिको खेलमा काठमाडौं रेजर्ससँग १–० गोलले पराजित भएको थियो ।

५ खेलबाट १० अंक जोडदै शीर्ष स्थानमा रहेको धनगढी यसअघि नै प्लेअफमा पुगिसकेको छ । अब आफ्नो अन्तिम खेलमा धनगढी ललितपुरसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment