Comments Add Comment

माधव नेपाल समूहको कारबाही फिर्ताबारे बालुवाटारमा छलफल

२३ वैशाख, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । ‘थप छलफल गरेर मात्रै निर्णय लिने भन्ने भएको छ’, एक नेताले भने ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।

अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएका थिए ।  बैठकका सहभागी नेताहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको एक नेताले जनकारी दिएका छन् ।

अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । भेलाका लागि अगुवाई गरेको भन्दै ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर कारबाहीको निर्णय गराएका थिए ।

शुरुमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले ६ महिना निष्काशन गरेका थिए । नेपाल र रावललाई १३ चैतमा कारबाहीको पत्र दिइएको थियो भने १६ चैतमा भुसाल र पाण्डेलाई कारबाहीको पत्र दिइएको थियो ।

ओलीले नेता नेपाल समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् । तर २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकाले नेताहरुलाई थप कारबाही भन्दा यसअघि भएको कारबाही फिर्ता गर्नेबारे बिहीबार बालुवाटारमा आयोजित बैठकमा छलफल भएको हो ।

अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएका थिए । आकस्मिक बैठकमा सहभागीहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको एक नेताले जनकारी दिएका छन् ।

यद्यपि कारबाही फिर्ताबारे बिहीबारको बैठकले निर्णय भने गरेन । तर स्पष्टीकरण सोधिएका चार नेतासहित ३० सांसदलाई तत्काल कारबाही नगर्ने निष्कर्ष पनि बालुवाटार बैठकले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment