Comments Add Comment

बटमलाइनमा अडिग छौं, भ्रममा नपरौं : माधवकुमार नेपाल

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लचकता दुवै अपनाउने बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् ।

‘…वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटमलाइनमा अडिग रहेको पनि नेपालले लेखेका छन् ।

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Thursday, 6 May 2021

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले लेखेका छन् ।

अहिले भइरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment