+
+

उपत्यकामा एकै दिन कोरोना संक्रमितको संख्या ४ हजार नाघ्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १७:३८

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका  र ६४३ ललितपुरका रहेका छन् ।

यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ।

यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ ।

यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?