
फाइल तस्वीर
२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।
साथमा २० वटा भेन्टिलेटरसमेत चीनबाट यसै जहाजमा ल्याइने भएको छ । पहिलो खेप ल्याइहाल्ने र थप सिलिण्डर ल्याउन सरकारको व्यवस्थापन अनुसार जहाज तयारी अवस्थामा रहने नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले जानकारी दिए । चीनले २० हजार सिलिण्डर अनुदानमा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4