+
+

कोरोना अस्पतालमा थप एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ९:०७

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ का ४८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाख ११ गते संक्रमण पुष्टि भएका उनी १२ गते अस्पताल भर्ना भएका थिए । दुई हप्ता उपचारमा रहेका उनको दोस्रोपटक १८ गते र तेस्रोपटक २२ गते पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै देखिएको थियो ।

उनको शनिबार राति ११ बजेर ५४ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो संगै रुपन्देहीमा कोारेना संक्रमितको मृत्यु हुने संख्या २६३ पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?