+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

रासस रासस
२०७८ वैशाख २६ गते ९:२५

२६ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई अधिकार दिइएको छ । यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो । तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ जनशक्ति थप गरेको छ । सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगङ्वा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३ जनशक्ति उपलब्ध गराएको छ । नवौँ तहको माइक्रोबायोलोजिष्ट तीन, सातौँ तहको मेडिकल टेक्नोलोजिष्ट नौ, सहायक पाँचौँ तहको ल्याबटेक्निसियन चार, सहायक चौथो तहको ल्याब असिस्टेन्ट तीन, कम्प्युटर अपरेटर तीन, सवारी चालक दुई, सुरक्षा गार्ड तीन, कार्यालय सहयोगी तीन र स्वीपर तीन जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?