Comments Add Comment

अगुएरोले पेनाल्टी गुमाउँदा सिटी चेल्सीसँग पराजित

२६ वैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधिको निकै नजिक रहेको म्यानचेष्टर सिटीले चेल्सीसँग २-१ को हारपछि उपाधिका लागि कुर्नुपर्ने भएको छ । चेल्सी भने तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा चेल्सलाई हराउँदै सिटीलाई ३ खेल अगावै उपाधि जित्‍ने अवसर थियो । तर सिटीले पहिले अग्रता लिएर पनि जोगाउन सकेन भने अग्रता लिइरहेको अवस्थामा सर्जियो अगुएरोले पेनाल्टी समेत गुमाए ।

चेल्सीलाई पुनरागमन जित दिलाउन हाकी जियच र मार्कोस अलोन्सोले दोस्रो हाफमा गोल गरे । खेलको ४४ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा सिटीले अग्रता दोब्बर बनाउने मौका पाएपनि सदुपयोग गर्न सकेन । सर्जियो अगुएरोको पेनाल्टी प्रहार चेल्सीका गोलकिपर एडुवार्ड मेन्डीले बचाए ।

खेलको ६३ औं मिनेटमा चेल्सीका हाकिम जिएचले गोल गर्दै खेल बराबरी गरे । निर्धारित समयम बराबरी भएपनि इन्जुरी टाइमको दोस्रो मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

हारपछि पनि ३५ खेलबाट सिटीको ८० अंक नै छ । सिटीलाई उपाधि जित्न एक जित मात्र आवश्यक छ । उता चेल्सीले ३५ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।

यस्तै लिगकै अन्य खेलमा साविक विजेता लिभरपुले साउथह्याम्पटनलाई २-० ले पराजित गर्दै शीर्ष चारको आशा कायमै राखेको छ । घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो मानेले ३१औं र थियागो अलकान्टाराले ९०औं मिनेटमा गोल गरे ।

जितपछि ३४ खेलबाट ५६ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । तयसअघि टोटनहम हट्सपर लिड्स युनाइटेडसंग ३-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment