
फाइल तस्वीर
२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरले अल्का अस्पताल ललितपुरलाई पनि तीन थान भरिएको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
अक्सिजन चाहिने कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । सो अभाव टार्न उद्योग र निर्माण क्षेत्रमा प्रयोग भएका, लुकाएर राखिएका अक्सिजन सिलिण्डरहरुको खोजी गरी सरकारले वितरणको व्यवस्था मिलाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4