२६ वैशाख, काठमाडौं । जरमन बुण्डेसलिगाको उपाधि पक्का भइसकेपछिको खेलमा बायर्न म्युनिखले बोरुसिया मोच्नेग्लाडबाकलाई ६-० ले पराजित गरेको गरेको छ । जसमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।
शनिवार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्नले ३ खेल अगावै उपाधि पक्का गरिसकेको थियो । बायर्न जर्मनीको च्याम्पियन बनेको यो लगातार नवौं पटक हो ।
मोन्चेनग्लाडबाकलाई फराकिलो अन्तरले पराजित गर्न लेवान्डोस्कीले खेलको दोस्रो, ३४औं र ६६औं मिनेटमा गोल गरे । यस्तै थोमस मुलरले २३औं, किंग्सले कोमनले ४४औं र लरे सानेले ८६औं मिनेटमा गोल गरे ।
७५औं मिनेटा टान्गुए निएजोउले रातो कार्ड पाएपछि बायर्नले १० खेलाडीमा रहेर खेलेको थियो । जितपछि बायर्नले ३२ खेलबाट ७४ अंक जोडेको छ ।
डर्टमण्डसँग पराजित लाइपजिग ३२ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ । लाइपजिगले बाँकी दुई खेल जितेपनि बायर्नलाई भेट्ने छैन ।
प्रतिक्रिया 4