+
+

बाँकेमा थप तीन जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १२:५३

२६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना र बर्दियाका एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

ओलीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको हो । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका–११ का २४ वर्षीय युवकको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार बिहान १०ः४० बजे मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–१ की ९२ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा बाँकेमा शनिबार राति र आइतबार बिहान गरी ५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?