+
+
Shares

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १७:०२

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका  दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोरोना पोजेटिभ देखिएका तिलोत्तमा–३ का ४० वर्षीय पुरुषको  आइतबार मध्यान्ह १२:२१ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल–८ की ६५ वर्षीया महिलाको आइतबार मध्यान्ह १२:२० मा मृत्यु भएको हो । यसैगरी वैशाख २४ मा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल–३ की ७४ वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?