+
+

महाकाली अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १८:२६

२६ वैशाख, धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइन् ।

भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको भट्टले बताइन् । यस्तै शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५७ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?