Comments Add Comment

गुल्मी सदरमुकाममा अक्सिजनसहित ४० बेडको आइसोलेसन तयार

२६ वैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि  तम्घासमा आइसोलेसन वार्ड तयार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा रेसुङ्गा नगरपालिकाले महेन्द्र माविमा २० बेड, रेसुङ्गा हस्पिटलमा १० बेड र गुल्मी अस्पतालमा १० बेड गरी ४० बेडको आइसोलेसन वार्ड तयार पारेको हो ।

यस्तै नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेसन बनाउनका लागि उपलब्ध गराउने भएको छ । तम्घासमा रहेको बीपी स्मृति भवनलाई कोरोना आइसोलेसन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

पत्रकार महासंघ गुल्मीले पनि १० बेडको आइसोलेसन वार्ड निर्माण कार्य अगाडि बढाएको छ । अक्सिजनसहितको आइसोलेसन वार्ड बनाउनका लागि पूर्वअध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा आर्थिक सहयोग संकलन अभियान चलाइएको छ ।

गुल्मीमा हाल ५१८ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाका १२ वटा स्थानीय तहले पनि अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका छन् । सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा १० बेडको आइसोलेसन तयार गरिएको छ ।

यस्तै रेसुङ्गा नगरपालिकाले ३० बेड, मुसिकोट नगरपालिकाले १५ बेड, मालिका गाउँपालिकाले ५ बेडको आइसोलेसन तयार गरिसकेका छन् । मदाने गाउँपालिकाले १० बेड, धुर्कोट गाउँपालिकाले ५ बेड र कालीगण्डकी गाउँपालिकाले १० बेडको आइसोलेसन निर्माण गरेको छन् ।

यसैगरी चन्द्रकोट गाउँपालिकाले १९ बेड, सत्यवती गाउँपालिकाले ११ बेड, रुरुक्षेत्र गाउँपालिकाले ९ बेड, छत्रकोट गाउँपालिकाले ६ बेड, इस्मा गाउँपालिकाले २० बेड र गुल्मीदरबारले ५ बेडको आइसोलेसन वार्ड तयार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment