२७ वैशाख, काठमाडौं । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आइतबार एस्टल भिल्लामाथि पुनरागमन जित हासिल गरेको छ । यस जितले शीर्ष स्थानको म्यानचेष्टर सिटीले उपाधिका लागि थप कुर्नुपर्ने भएको छ ।
युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा समेटिएको एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिनसन कभानीले गोल गरे ।
खेलको २४औं मिनेटमै बट्रन्ड ट्राओरेले गोल गर्दै घरेलु टोली एस्टनभिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त अग्रता कायम रहेपनि दोस्रो हाफमा युनाइटेडले पुनरागमन गर्यो ।
५२ औं मिनेटमा युनाइटेडका लागि फर्नान्डेसले पेनाल्टीमा बारबरी गोल फर्काए । ५६ औं मिनेटमा मासोन ग्रीनउडले गोल गरेपछि युनाइटेडले खेलमा अग्रता बनायो ।
८७ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए । ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएपछि एस्टनभिलाले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
जितपछि युनाइटेडले ३४ खेलबाट ७० अंक जोडेको छ । ३५ खेल खेलेको सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । यदि सिटीले बाँकी तीनखेलमा पराजित भएमा र युनाइटेडले आफ्नो बाँकी रहेको सबै चार खेल जितेमा युनाइटेडले उपाधि जित्नेछ ।
एस्टनभिल्ला ३४ खेलबाट ४८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वल्भ्सले ब्राइटनलाई २-१ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4