Comments Add Comment

सिलौटाे प्रहार गरी सर्लाहीमा पतिद्वारा पत्नीको हत्या

२१७ वैशाख, जनकपुरधाम । सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् ।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गरी विजयलालले पत्नीको हत्या गरेका हुन्। सिलौटाे प्रहार गर्दा उषाको घटनास्थलमै मृत्यु भएको कुँवरले बताए ।

पत्नीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment