Comments Add Comment

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

२७ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउँदैछ । पहिलो खेपमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल ल्याइने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

पहिलो खेप ल्याइहाल्ने र थप सिलिण्डर ल्याउन सरकारको व्यवस्थापन अनुसार जहाज तयारी अवस्थामा रहने नेपाल वायुसेवा निगमका एक अधिकारीले जानकारी दिए ।

यसैसाता चीनले सहयोग गरेको थप ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन तातोपानी नाका हुँदै ल्याइने कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

चीनले यसअघि नै नेपाललाई कोरोनाविरुद्धको भेरोसेल खोपको आठ लाख डोज अनुदानमा उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment