Comments Add Comment

पालोदिने स्वास्थ्यकर्मी नहुँदा नौ दिनसम्म २४ घण्टा अस्पतालमा

२७ वैशाख, धादिङ । जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको हो ।

नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको स्वास्थ्य सहायक उप्रेतीको भनाइ छ ।

अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले आइसोलेशनमा भने सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ । यस्तै, आइसोलेशनमा एकजनाको मृत्यु भएको छ ।

अस्पतालबाट सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो । निलकण्ठ नगरपालिका–२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । एकसाताअघि आइसोलेशनमा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment