+
+
Shares

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १३:०८

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेस र माओवादी केन्द्रले माओवादी केन्द्रलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) को बाबुराम–उपेन्द्र पक्षले पनि विश्वासको मत नदिने बताएको छ भने महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने बताएको छ । एमालेकै माधवकुमार नेपाल समूहले पनि मतदानमा सहभागी नहुने निर्णय गरेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का छ ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

‘प्रधानमन्त्री आफैंले राख्नुभएको विश्वासको मतको प्रस्ताव फेल भयो भने नयाँ प्रधानमत्री नियुक्त गर्नुपर्छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्दा सम्माननीय राष्ट्रपतिज्यूले संविधानको ७६(२) अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्छ र गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ’

बहुमतको सरकार गठनका लागि संख्या पुग्छ भन्ने प्रश्नमा उनले कुनकुन दल मिलेर बहुमत पुर्‍याउने त्यो दलहरुको जिम्मेवारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?