
२७ वैशाख, काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच सोमबार छलफल भएको छ ।
नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।
ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई लगातका नेताहरु भेटमा सहभागी थिए ।
भेटपछि नेपाल समूहका नेता भट्टराईले भने, ‘संसदमा एकतावद्ध ढंगले कसरी प्रस्तुत हुने र पार्टीमा एकता कसरी कायम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । छलफल सकारात्मक नै छन्, हामी आशा गर्छौं, अझ समय छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4