Comments Add Comment

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो २:२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको छ । होम आइसोलेसनमै रहेका बेला मृत्यु भएका उनलाई वैशाख २४ गते कोरोना पोजेटिभ देखिएको थियो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय संक्रमित महिलाको आइतबार बेलुका ६:४५ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । ती महिलामा वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाकै गल्याङ गाउँपालिका–३ का ८४ वर्षीय पुरुषको आइतबार बेलुका ८:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई वैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको पनि आइतबार बिहान साढे ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ ।

आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषको सोमबार बिहान ८ बजे फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय संक्रमितको पुरुषको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको छ । आइतबारै कोरोना संक्रमण पुष्टि भएका उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment