Comments Add Comment

बहुमतको सरकार गठनका लागि देउवाको आह्वान, प्रचण्डको समर्थन

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि धारणा राख्दै देउवाले प्रधानमन्त्रीको प्रस्ताव पारित नहुने बताए । उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आह्वान गरेका छन् ।

प्रचण्डको समर्थन

प्रतिनिधिसभा बैठकमा देउवापछि धारणा राखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको भनाइमा समर्थन गरे । उनले संसदबाट बहुमतको सरकार निर्माण सम्भव रहेको पनि बताए ।

‘यहीँभित्र सम्भव छ । अरु बेढंग नसोचौं, संविधानको हुर्मत लिने काम कसैले नगरौं’ उनले भने ।

बहुमतको सरकार गठनका लागि हाल प्रतिनिधिसभाका १३६ जना सांसदको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment