+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते ११:३६

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए ।

‘अस्पतालमा शव व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ,’ डा. गौतमले भने, ‘संक्रमित र मृत्युदर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’

सूचना प्रविधि क्षेत्रको छुट्टै जनशक्ति नहुँदा विरामीको उपचारमा खटिनुपर्ने चिकित्सकले नै त्यो जिम्मेवारी निभाउनुपर्दा निकै अप्ठेरो भएको उनले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?