
२८ वैशाख, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका र गौर नगरपालिकाको एक-एक जना गरी दुई जनाको ज्यान गएको हो ।
गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेकी गौर नगरपालिका वडा-५ की एक महिला र गढीमाई नगरपालिका ८ का ७२ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोनाको कारण रौतहटमा मृत्यस हुनेको संख्या २३ पुगेको छ ।
रौतहटमा मंगलबार थप ४९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४२८ पुगेको छ । गौर अस्पतालको पिसिआर ल्याबमा ११२ जनाको स्वाब परिक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । आज थपिएकाहरुमा सबै भन्दा बढी चन्द्रपुर नगरपालिकामा १८ जना रहेका छन ।
जिल्लामा सबैभन्दा बढी गौर नगरपालिकामा ९० जना संक्रमित रहेका छन्। हाल सम्म ४९० जनामा संक्रमण पुष्टि हुँदा ४९ जना निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4