Comments Add Comment

रुसको विद्यालयमा अन्धाधुन्द गोली चल्दा कम्तीमा आठ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । रुसको  काजन शहरमा रहेको एक विद्यालयमा मंगलबार अन्धाधुन्द गोली चल्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २१ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुनेमध्ये सातजना बालबालिका र एक जना शिक्षक रहेको क्षेत्रीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेमध्ये १८ जना बालबालिका रहेको बताइएको छ । जसमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा एक १९ वर्षीय किशोरलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । आक्रमणमा कति जनाको संलग्नता रहेको थियो भन्नेबारेमा भने अहिलेसम्म खुलेको छैन । घटनाका विषयमा रुसी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

उक्त घटनापछि प्रतिक्रिया दिंदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी दिनमा बन्दूक नियन्त्रण गर्नका लागि कानून परिवर्तन गरिने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment