+
+
Shares

सरकारले तोक्यो रेम्डिसिभिरको मूल्य, प्रति भाइल ४९०० रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १५:५१
फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।

कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले लयएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ ।

औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?