+

एट्लेटिको मड्रिडलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

२०७८ वैशाख  ३० गते ८:०७ २०७८ वैशाख ३० गते ८:०७
एट्लेटिको मड्रिडलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। यस जितले एट्लेटिको अब उपाधितर्फ अग्रसर भएको छ । त्यसका लागि एट्लेटिकोले अब बाँकी दुई खेल जित्नुपर्नेछ ।

घरेलु मैदान भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन यानिक कारास्कोले १६औं र एन्जल कोरेअले २८औं मिनेटमा गोल गरे । सोसिडाडका लागि ८३औं मिनेटमा इगोर जुबिलडियाले एक गोल फर्काए ।

जितपछि एट्लेटिकोको ३६ खेलबाट ८० अंक भएको छ समान खेलबाट ७६ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा छ । एक खेल कम खेलेको रियल ७५ अंकसहित तेस्रो स्थानमा छ ।

रियलले आज राती ग्रानडासँग खेल्दैछ । एट्लेटिकोलाई चुनौती दिन सक्ने टिमको रुपमा रियल छ । यदि दुवै टोलीको अंक बराबर भएमा रियलले हेड टु हेडको आधारमा उपाधि जित्‍नेछ ।

एथ्लेटिको मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय