Comments Add Comment

कांग्रेसले सार्वजनिक गर्‍यो ४५ जिल्लाका क्रियाशील सदस्यताको नामावली

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसले ४५ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामावलीबारे कुनै गुनासा भए जेठ ७ गतेभित्र पार्टीमा उजुरी दिन सकिने कांग्रेसले जनाएको छ ।

विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सकिएको भन्दै कांग्रेसले नवीकरण तथा नयाँ थप गरिएका सदस्यताबारे कुनै गुनासा भए पार्टीको इमेल ठेगाना वा फोनमार्फत उजुरी गर्न सकिने जनाएको छ ।

४५ जिल्लाका ८० स्थान मध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित नामावली पार्टीको आधिकारिक वेवसाइटमा राखिएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक गरिएका प्रस्तावित नामावली उपर परेका उजुरी र गुनासाका सम्बन्धमा, क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णय अनुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment