+
+
Shares

वर्ल्डलिंकले भन्यो-जालानको निधनले अपूरणीय क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:४९

३१ वैशाख, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक विजयकुमार जालानको बिहीबार निधन भएको छ । उनी काठमाडौंको मेडिसिटी अस्पतालमा पछिल्ला केही दिनदेखि उपचाररत थिए ।

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए, जसले इन्टरनेट सेवा प्रदायक यस संस्थालाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए ।

‘जालानको आकस्मिक निधन वर्ल्डलिंक परिवारका लागि अपूरणीय क्षति हो । वर्ल्डलिंकलाई युगान्तकारी र ग्राहकसेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उहाँको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम् भूमिका रहँदै आएको थियो, आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई जसको अभाव अत्यधिक हुनेछ’, कम्पनीले भनेको छ ।

जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिति सदस्यसमेत थिए । नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका थिए ।

उनी जलेश्वरनाथ विकास समाजका अध्यक्ष थिए साथै लोककल्याणकारी कार्यहरु र सामाजिक सेवाका क्षेत्रमा पनि परिचित थिए ।

राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । ‘व्यवसायमा अत्यधिक कुशाग्रता, व्यावहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरूलाई उनकाे ठूलो अभाव महसूस हुनेछ । नेपालले आज आफ्नो एक जुझारु र सफल उद्यमीलाई गुमाएको छ’, वर्ल्डलिंकले भनेको छ ।

‘उनका बुवा बुद्धदेव, दाजुहरु अनिल र अरुण, श्रीमती अनुपा र सुपुत्र अश्विन जालानमा परेको यो दुखद परिस्थिति हामी पनि महसूस गर्न सक्छौं । हामी शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं’, कम्पनीले अघि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?