+
+
Shares

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १७:५८

२ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।

वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?