+
+

बुटवलमा थप चारजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते ११:५७

३ वैशाख, बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चारजना मध्ये २ जनाको अस्पतालको इमर्जेन्सी वार्डमा र २ जनाको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टी भई जेठ २ गते अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका सैनामैना नगरपालिका १ का ३८ वर्षिय पुरुषको सोमबार बिहान ६.३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै वैशाख २० गते इमर्जेन्सी वार्डमै भर्ना भएकी सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्र्षकी महिलाको सोमबार बिहान ६.४५ मा मृत्यु भएको डा. गौतमले बताए ।

यस्तै वैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएकी सैनामैना–१ की ७७ वर्षकी महिलाको जेठ २ गते दिउसो १.३५ बजे मृत्यु भएको छ । उनी वैशाख ३० गते धागो कारखानाको कोभिड अस्थायी अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी वैशाख २८ गते कोारनो संक्रमण देखिएका बुटवल-३ का ५६ वर्षका पुरुष जेठ २ गते दिउसो कोरोना अस्पताल भर्ना भएकामा सोही दिन सांझ ७.५४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?