+
+
Shares

स्वास्थ्यकर्मी लिएर गृहजिल्ला गोरखा गए श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १६:५८

३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरु लिएर गृहजिल्ला गोरखा गएका छन् ।

जिल्लाको विभिन्न स्थानमा संक्रमण बढेको र हटस्पट बन्दै गरेकाले स्वास्थ्यकर्मीहरु लिएर जान लागेको श्रेष्ठले जानकारी दिएका छन् ।

उनीसँगै दुई चिकित्सक, दुई जना ल्याबका कर्मचारी र एक स्वास्थ्यकर्मी छन् । टोलीले लक्षण देखिएका शंकास्पद विरामीहरुको एन्टीजेन टेष्ट गर्नेछ ।

स्थानीय स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिने श्रेष्ठले जानकारी दिएका छन् ।

गोरखामा पछिल्लो समय कोरोना संंक्रमण तीव्र रुपमा बढेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या करिब ५ सय जना छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?