Comments Add Comment

मारवाडी सेवा समितिले बनायो गौशालामा निःशुल्क आइसोलेसन केन्द्र

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजनसहितको ५१ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरे । उनले तीन सय बेडसम्म सञ्चालन गर्न सकिने यो आइसोलेसनलाई पूर्ण रुपमा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment