Comments Add Comment

चार्टर्ड उडानको टिकटमा अनियमिता भए उजुरी दिनुहोस् : पर्यटन मन्त्रालय

५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी नागरिकलाई नेपालबाट स्वदेश फर्काउन जारी गरिएका चार्टर्ड उडानका सम्बन्धमा अनियमितताको जानकारी भए मन्त्रालयमा उजुरी गर्न आहृवान गरेको छ ।

अहिले सरकारले नेपालमा पर्वतारोहण, पर्यटन, कूटनीतिक प्रयोजनका लागि नेपाल आएका विदेशीलाई स्वदेश फर्काउन चार्टर्ड उडानको अनुमति दिएको भन्दै मन्त्रालयले ती उडानमा अनियमितताको जानकारी भए मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका उजुरी गर्न आहृवान गरेको हो ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बुधबार विज्ञप्ती जारी गरि यस्तो आहृवान गरेका छन् । पछिल्लो समय नेपालमा रहेका भारतीय नागरिकलाई समेत चार्टर्ड उडानमार्फत विदेश जाने अनुमति दिइएको छ ।

यसका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कुल १० उडानको अनुमति पाएका छन् । मन्त्रालयले दूतावासको अनुरोध भएअनुसार नै चार्टर्ड उडानको अनुमति दिने गरिएको भन्दै यसमा सरकारले सहजिकरण मात्र गरेको दावि समेत गरेको छ ।

यसअघि व्यवसायीले चार्टर्ड उडानमा केही सीमित व्यक्तिको मिलेमतो हुने भन्दै नेपाल एयरलाइन्सलाई प्राथमिकता दिएर नियमित उडान खोल्न माग गरेका थिए ।

१७ जेठसम्म नेपालमा अन्तर्राष्ट्रिय नियमित उडान बन्द भएको छ । अहिले कार्गो उडान, मेडिकल प्रयोजनमा हुने उडान र यात्रु बोक्न चार्टर्ड जहाज मात्र भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment