+
+
Shares

तेस्रो भेरियन्ट निकै संक्रामक देखियो : डा. पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १९:०८

५ जेठ, काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ ।

नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बी.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार नेपालमा तेस्रो भेरियन्ट रहेको पुष्टि गरिसकेको छ ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।

‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । नेपालमा संक्रमण बढेको दर र भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ’ उनले भने ।

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए । ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ’ उनले भने ।

सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने पौडेलले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?