Comments Add Comment

भारतको कोरोना संकटको मारमा कोभ्याक्स कार्यक्रम

५ जेठ, काठमाडौं । विश्वभरका सबै मुलुकलाई समान रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमका लागि अहिले १४ करोड डोज कोरोना खोपको अभाव देखिएको छ ।

भारतमा निरन्तर फैलिरहेको कोरोनाको दोस्रो लहरका कारण कोभ्याक्स कार्यक्रमका लागि खोपको अभाव भएको हो । कोभ्याक्स कार्यक्रमको लागि सबैभन्दा धेरै खोप दिने वाचा गरेको सेरम इन्स्टिच्युट अफ इन्डियाले गत मार्चमा निर्यातमा लगाइएको प्रतिबन्धपछि खोप दिएको छैन ।

कोभ्याक्स कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघको बालबालिका नियोग युनिसेफले खोप किन्दै र वितरण गर्दै आएको छ । युनिसेफले जी ७ का मुलुकहरू र ईयूका मुलुकलाई बढी भएको खोप अन्य मुलुकलाई दिन आग्रह गर्दै आएको छ । आगामी महिना बेलायतमा यी मुलुकको बैठक हुँदैछ ।

युनिसेफको तथ्यांकअनुसार जी ७ र ईयूका मुलुकले १५ करोड ३० लाख डोज कोरोना खोप अनुदानमा दिन सक्छन् । जबकी यसरी अनुदान दिँदा पनि उनीहरूले आफ्ना सबै नागरिकलाई खोप लगाउन पाउँछन् ।

गम्भीर चिन्ता

सेरम इन्स्टिच्युटले यस वर्ष कोभ्याक्स कार्यक्रमका लागि करिब एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउनुपर्ने थियो । यो कार्यक्रममार्फत यस वर्ष दुई अर्ब डोज कोरोना खोप वितरणको लक्ष्य राखिएको थियो । यद्यपि सेरम इन्स्टिच्युटबाट मार्च, अप्रिल र मे महिनामा कुनै खोप कोभ्याक्स कार्यक्रमलाई आएको छैन । आगामी जुन महिनासम्ममा सेरम इन्स्टिच्युटले वाचा गरिएअनुसारको १९ करोड डोज खोप दिन नसक्ने अनुमान गरिएको छ ।

‘दुर्भाग्यवश हामी अहिले यस्तो अवस्थामा छौं कि हामीलाई अब अर्को डोज कहिले आउँछ भन्ने थाहा छ्रैन,’ युनिसेफका कोभ्याक्सको आपूर्ति संयोजक गियान घान्डीले बताए । ‘अब छिटै नै स्थिति सामान्य  अवस्थामा फर्किन्छ भन्ने हाम्रो आशा छ तर भारतको अवस्था निकै अनिश्चित छ  र यो सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ उनले थपे ।

युनिसेफले जी ७ का मुलुकहरू क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका साथै ईयूका अन्य मुलुकलाई त्यहाँ बढी भएको खोप तत्काल अनुदानमा दिन आग्रह गरेको छ । केही मुलुकले आफ्ना सबै नागरिकलाई पुग्नेभन्दा धेरै बढी कोरोना खोपको अर्डर दिएका छन् । जसमा बेलायत, अमेरिका र क्यानडालगायत छन् ।

युनिसेफको तथ्यांकअनुसार जी ७ र ईयूका मुलुकले १५ करोड ३० लाख डोज कोरोना खोप अनुदानमा दिन सक्छन् । यसरी अनुदान दिँदा पनि उनीहरूले आफ्ना सबै नागरिकलाई खोप लगाउन पाउँछन् ।

गत फेब्रुअरी महिनामा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई बढी हुनेमध्ये सबैजसो खोप अनुदानमा दिने प्रतिबद्धता जनाएका थिए । यद्यपि उनले अहिलेसम्म कुन समयमा कति खोप अनुदानमा दिने भन्ने खुलाएका छैनन् । अमेरिकाको कथा पनि बेलायतको भन्दाभिन्न छैन । अहिलेसम्मको अवस्थामा आफूलाई बढी भएको खोप अनुदानमा दिने जर्मनी एक्लो मुलुक हो ।

युनिसेफका अनुसार धनी र शक्तिशाली जी ७ का मुलुकले आगामी जुन, जुलाई र अगष्टमा आफ्नो मुलुकमा हुने आपूर्तिको २० प्रतिशत खोप मात्र अनुदानमा दिने हो भने अहिले देखिएको धनी र गरीब मुलुकको असमानता निकै हदसम्म कम हुने थियो । उनीहरूले यसो गरे कोभ्याक्स कार्यक्रमका लागि १५ करोड ३० लाख डोज खोप आउँछ ।

फ्रान्सले जुनको मध्यसम्ममा पाँच लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । बेल्जियमले आगामी सातामा एक लाख डोज खोप दिने वाचा गरेको छ । अहिले स्पेन, स्वीडेन र यूएईले पनि आफ्नो मुलुकमा हुने आपूर्तिको केही खोप कोभ्याक्स कार्यक्रमलाई दिने बताएका छन् ।

पछिल्लो समय भारतमा देखिएको कोरोनाको दोस्रो लहरका कारण भारतका छिमेकी र निकै टाढाका मुलुक पनि प्रभावित हुनसक्ने देखिएका छन् । युनिसेफकी निर्देशक हेनरिटा फोरे भन्छिन्, ‘नेपाल, श्रीलंका र माल्दिभ्सका साथै अर्जेन्टिना र ब्राजिलमा पनि संक्रमितको संख्या उल्लेख्य बढिरहेको छ । त्यहाँ स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यसबाट बालबालिका र परिवारमा पर्ने असर अकल्पनीय छ।’

खोप अभियानबारे दुविधा

अफ्रिकाका मुलुकहरू कोभ्याक्स कर्यक्रममा सबैभन्दा धेरै निर्भर छन् । यद्यपि विश्वका धेरै भागका केही समुदायका मानिसहरू कोरोना खोपमा विश्वास गर्दैनन् । अर्को महत्वपूर्ण चुनौती भनेको भौतिक रुपमा मानिसहरूको पाखुरामा खोप लगाउन स्वास्थ्यकर्मीले राम्रोसँग तालिम लिएको हुनुपर्छ र सीमित पूर्वाधारको विकास नभएको विकट ठाउँमा खोप पुर्‍याउनुपर्छ ।

अहिले केही मुलुकहरू खोपको पहिलो डोज लिएका मानिसहरूलाई दोस्रो डोज दिने कि खोप अभियान उपलब्ध खोपबाट अघि बढाउने भन्ने द्विविधामा छन् । किनकि कोरोना खोपको अर्को खेप कहिले आउने हो भन्ने उनीहरूलाई थाहा छैन ।

 

सेरम इन्स्टिच्युटले यो वर्ष कोभ्याक्स कार्यक्रमका लागि करिब एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउनुपर्ने थियो । यो कार्यक्रममार्फत यसवर्ष दुई अर्ब डोज कोरोना खोप वितरणको लक्ष्य राखिएको थियो । यद्यपि सेरम इन्स्टिच्युटबाट मार्च, अप्रिल र मे महिनामा कुनै खोप कोभ्याक्स कार्यक्रमलाई उपलब्ध गराइएको छैन ।

‘हामी अहिले यस्तो अवस्थामा छौं कि अफ्रिकाका धेरै मुलुकमा स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले पनि खोप लगाउन पाएका छैनन्,’ युनिसेफका गियान गान्धी भन्छन्, ‘अहिलेसम्म धनी मुलुकमा भने निकै कम जोखिम रहेको भनिएका किशोरकिशोरीहरूले पनि खोप पाइसकेका छन् ।’

रवान्डा, सेनेगल र घानालगायत मुलुकले यसअघि नै आफूसँग रहेको कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

डब्ल्यूएचओको अफ्रिकामा खोप अभियान र खोप विकास कार्यक्रमका प्रमुख रिचार्ड मिहिगोले अहिले आफूहरू भारतमा कोरोना संक्रमणको अवस्था सुधार हुने प्रतीक्षामा रहेको बताएका छन् । अहिलेसम्म कोभ्याक्स कार्यक्रमबाट अफ्रिकामा आएको एक करोड ८० लाख खोपमध्ये अधिकांश खोप भारतबाट आएको उनले बताए ।

उनले यो महामारी अन्त्य गर्न आफ्ना सबै नागरिकलाई पर्याप्त खोप सुनिश्चित गरिसकेका मुलुकलाई खोप अनुदानमा दिन आग्रह गरे ।

युनिसेफकी निर्देशक हेनरिटा फोरे भन्छिन्–‘नेपाल, श्रीलंका र माल्दिभ्सका साथै अर्जेन्टिना र ब्राजिलमा पनि संक्रमितको संख्या उल्लेख्य बढिरहेको छ । त्यहाँ स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको छ । यसबाट बालबालिका र परिवारमा पर्ने असर अकल्पनीय छ ।’

अहिले फरक फरक खोप आपूर्तिकर्ता र उत्पादकसँग कोभ्याक्स कार्यक्रमलाई गति दिन सम्झौताहरू भइरहेको छ । यद्यपि यी सम्झौताले भारतबाट रोकिएको खोपको कारण देखिएको कमीलाई भने पूरा गर्न सक्दैन । अहिलेको अवस्थामा धनी मुलुकले गरीब मुलुकलाई अनुदानमा कोरोना खोप दिनु नै समस्याको एकमात्र समाधान हो ।

युनिसेफकी निर्देशक फोरेले पछिल्लो समय भारतमा बढिरहेको कोरोना संक्रमणलाई ध्यान नदिने हो भने यो संक्रमण निरन्तर फैलिने र जति धेरै यो भाइरस फैलिन्छ खतरा त्यति नै बढ्ने बताइन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment