+
+
Shares

सुटुक्क विमानको चक्कामा लुकेर अर्को देश पुगे यी बालक

उत्तरी अफगानिस्तानको कुन्दुज शहर निवासी ती बालक सोमबार विमान अवतरण भएपछि दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भौतारिँदै गर्दा भारतीय अधिकारीहरूले फेला पारेका बीबीसीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तानका एक बालक विमानको ल्याण्डिङ गेयरमा लुकेर काबुलबाट दिल्ली आइपुगेको खुलेको छ।
  • बालकलाई भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए र पछि काबुल फिर्ता पठाइएको छ।
  • बालकले आफूलाई उत्सुकता लागेर विमानको ल्याण्डिङ गेयरमा लुकेर यात्रा गरेको स्वीकारेका छन्।

७ असोज, काठमाडौं । अफगानिस्तानका एक बालक विमानको चक्कामा नजिक लुकेर भारत पुगेको खुलेको छ ।

हालै ती बालक अफगानिस्तानको राजधानी काबुलबाट विमानको ल्याण्डिन गेयर (चक्का नजिक) मा लुकेर भारतको दिल्ली आइपुगेका हुन् ।

काबुलबाट उडान भरेको विमानको ल्याण्डिङ गेयरमा लुकेर उनी दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको समाचार अहिले चर्चामा छ । पत्ताउनै नसकिने र ठूलो जोखिमका बीच उनी दिल्लीमा आइपुगेको घटनाले आम मानिसलाई आश्चर्यमा पारेको हो ।

अफगानिस्तानको काम एयरलाइन्सको यात्रुवाहक विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा लुकेर ती बालकले जोखिमपूर्ण यात्रा गरेका हुन् ।

उत्तरी अफगानिस्तानको कुन्दुज शहर निवासी ती बालक विमान अवतरण भएपछि दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भौतारिँदै गर्दा भारतीय अधिकारीहरूले फेला पारेका बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ गरेका थिए । त्यसक्रमा ती बालकलाई आफूलाई उत्सुकता लागेर विमानको ल्याण्डिङ गेयरमा लुकेर यात्रा गरेको जवाफ दिएका थिए ।

उनको परिचय नखुलाइएपनि पछि सोही विमानमार्फत पुन: उनलाई काबुल नै फिर्ता पठाइएको समाचारमा उल्लेख छ ।

भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)का प्रवक्ताका अनुृसार अफगानिस्तानको काम एयरलाइन्सका आरक्यू–४४०१ उडानमार्फत अवैध र निकै जोखिमपूर्ण यात्रा गरेका थिए ।

उक्त विमान आइतबार बिहान करिब ११:१० बजे दिल्ली अवतरण भएको थियो ।

विमानस्थलमा उनी एक्लै घुमिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

उनले विमानको पछाडिको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरेको स्वीकारेका छन् । विमानको थप सुरक्षा जाँचका क्रममा एक सानो रातो रङको अडियो स्पिकर पनि भेटिएको थियो ।

भारतीय पत्रीका इन्डियन एक्सप्रेसका अनुसार, ती बालक खासमा इरान जान चाहेका थिए तर आफू चढेको विमान दिल्ली गइरहेको भन्ने कुरा थाहै पाएनन् ।

काबुल विमानस्थलमा उनी यात्रुहरूको समूह पछ्याउँदै भित्र पसेका थिए । त्यसैक्रमा मौका छोपेर विमानको पछाडिको पाङ्ग्रा राख्ने भाग (रियर ह्वील वेल) मा लुकेर बसेका थिए । उनको साथमा उक्त रातो अडियो स्पिकर मात्र थियो ।

विगतमा पनि यस्ता घटना बाहिरिने गरेका थिए । तर, धेरैजसोले यात्राक्रममा विमान उचाईमा पुग्दा बेहोस भएर खस्थे । उचाईमा अक्सिजनको कमी र चिसोका कारण जीवित रहने सम्भावना एकदमै कम हुने विज्ञहरू बताउँछन् ।

विशेषज्ञहरूका अनुसार, ल्यान्डिङ गियर झर्दा यस्ता यात्रुहरू अचेत अवस्थामा बाहिर खस्ने सम्भावना उच्च हुन्छ ।

सन् २०२२ मा पनि एक २२ वर्षीय केन्याली युवा नेदरल्यान्ड्सको एम्स्टाडममा एउटा कार्गो विमानको ह्वील वेलमा जीवितै भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?