+
+

भारतमा २४ घण्टामा कोरोनाबाट ३८ सय बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १२:००

६ जैठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ३ हजार ८७४ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५७ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको समग्र संख्या २ लाख ८७ हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घणटमा भारतको तामिलनाडु, कर्नाटक र महाराष्ट्रमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरलामा पनि नयाँ संक्रमितको संख्या ३२ हजारभन्दा धेरै छ । आन्ध्र प्रदेशमा २३ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिँदा पश्चिम बंगालमा पनि १९ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३१ लाख २९ हजारमा झरेको छ । भारतमा अहिलेसम्म १८ करोड ७० लाख डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?