Comments Add Comment

रौतहटमा जेठ १३ सम्म निशेधाज्ञा थप

पूर्णरुपले पालना हुन सकेको छैन

रौतहट, ६ जेठ। जिल्ला प्रशासन कार्यालय रौतहटले दोश्रो पटक पुनः ७ दिनको लागि जिल्लामा निशेधाज्ञा थप गरेको छ ।

समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न जेठ १३ सम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यसअघि प्रशासनले वैशाख २४ गते राति १२ बजे बाट ३१ गते सम्म निषेधाज्ञा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भर अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यस्तै स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ ।

होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।

निषेधाज्ञाको कार्यान्वयन फितलो

प्रशासनले जारी गरेको निषेधाज्ञा रौतहटमा पूर्णरुपले पालना हुन सकेको छैन । निषेधाज्ञाकै समयमा जिल्लाका अधिकांश भागहरुमा हाट बजार लाग्ने, होटेल तथा अन्य व्यापारहरु समेत सञ्चालनमा रहेका छन्। गौर नगरपालिकाको पूर्व पट्टि दैनिकरुपमा हाट बजार लाग्दा समेत सूचनामा भनिए जस्तो प्रशासनले कुनै कारवाही गर्न सकेको छैन ।

भित्रि बस्तीका पसल व्यवसाय संचालन तथा पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर सडकखण्डमा अत्यावश्क बाहेकका यात्रुवाहक गाडीहरु समेत सञ्चालनमा रहँदा समेत प्रशासनले वास्ता गरेको छैन ।

रौतहटमा समुदाय स्तरमै ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाको उपचारको क्रममा ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment